दफा ५७
गोपनीयता राख्नु पर्ने
: (१) कोषको पूर्व स्वीकृति बिना अध्यक्ष, सदस्य, प्रमुख कार्यकारी अधिकृत वा कुनै पनि कर्मचारी वा करारमा रहेका व्यक्तिले देहायका कार्य गर्नु हुँदैन :-
(क) आफ्नो काम कारबाही सम्बन्धी तथ्याङ्क र सूचनाको सुराकी वा प्रकाशन, र
(ख) निजी फाइदाको निम्ति त्यस्ता तथ्याङ्क र सूचना प्रयोग गर्न वा गराउन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम अनुसन्धान गर्ने प्रयोजनको लागि अधिकार प्राप्त निकायबाट माग गरिएका विवरण उपलब्ध गराउँदा गोपनीयता भंग भएको मानिने छैन ।